Logo

जनतालाई विष खुवाउन पाइँदैन : नेविसंघ



Spread the love

२३ असार, काठमाडौँ l नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूल परीक्षण गर्ने निर्णयबाट पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

भारतको दबाबमा सीमा नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ ।

सरकारविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो । उक्त नारा बाल्मिकी क्याम्पसबाट सुरु भइ पुतली सडक चोकमा पुगेर समापन भएको थियो । सो र्‍यालीमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेता कार्यकर्ताहरु उपस्थित थिए l

प्रतिक्रिया दिनुहोस्