Logo

अमेरिका चाैथो पटक विश्व च्याम्पियन



Spread the love

२३ असार, काठमाडाैँ – अमेरिकाले फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिका च्याम्पियन बनेको हो ।

अमेरिकालाई विश्व च्याम्पियन बनाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै अमेरिका च्याम्पियन बनेको हो ।

खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा रोजले गोल गर्दै अमेरिकालाई २-० को जित दिलाईन् ।

 कीर्तिमानी स्वारूप चौंथो पटक विश्वकपको उपाधि जित्न सफल भएको अमेरिकाको यो लगातार दोस्रो विश्वकप उपाधि समेत हो ।

यसअघि अमेरिकाले सन् १९९१, सन् १९९९ र २०१५ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्