Logo

इजिप्टका फुटबल प्रशिक्षकद्वारा राजीनामा



Spread the love

२२ असार, कायरो – अफ्रिकी कप अफ नेसन्समा इजिप्ट पराजित भएसँगै इजिप्ट फुटबल संघ (इएफए) का अध्यक्ष हानी आबो राइडाले राजीनामा दिएका छन् । शनिबार भएको खेलमा दक्षिण अफ्रिकासँग अविश्वसनीय किसिमबाट इजिप्ट पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको थियो ।

अफ्रिकाको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको प्रबल दाबेदार मुलुकमा इजिप्टलाई हेरिएको थियो ।

अध्यक्ष हानीले बोर्डका सदस्यहरुलाई पनि राजीनामा गर्न आग्रह गरेका छन् ।

दक्षिण अफ्रिकासँग १–० गोल अन्तरले पराजित भएको इजिप्ट सन् २००४ यता पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गर्न नसकेको हो ।

अध्यक्ष आबो राइडोले राजीनामा गर्नुअघि इजिप्ट फुटबल टिमका मेक्सिकाली मुख्य प्रशिक्षक जाभियर अगुइरे र सम्पूर्ण प्रशिक्षण टिमलाई बर्खास्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्