Logo

ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि दफाबार छलफल



Spread the love

२२ असार, काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ (पहिलो संशोधन) माथि दफावार छलफल शुरु भएको छ ।

उक्त मितिको आज सिंहदरबारमा बसेको बैठकमा ज्येष्ठ नागरिकको परिभाषा, उनीहरुको सुरक्षा र ज्येष्ठ नागरिकका लागि आवश्यक व्यवस्थाका सम्बन्धमा दफाबार छलफल शुरु भएको हो ।

छलफलमा ज्येष्ठ नागरिकको परिभाषामा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने गरीे अनुमोदन गरिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिएकी छिन् ।

सो बैठकमा छोरीका छोरा वा छोरीलाई पनि परिवारकै सदस्यका रुपमा लिइनुपर्ने भनी राष्ट्रियसभाबाट आएको प्रस्तावलाई समितिले स्वीकृत गरेको छ ।

सांसदहरु दिवयमणि राजभण्डारी, उमा रेग्मी, लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले आफ्ना बुबाआमालाई सन्तानको कमाइको दश प्रतिशत छुट्याउनुपर्ने, उनीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइनुपर्नेलगायत विषयलाई विधेयकमा समेटिनुपर्र्नेेे धारणा व्यक्त गरेको थियो । ( रासस )

प्रतिक्रिया दिनुहोस्