Logo

पर्सामा सर्पको टोकाइबाट शिक्षिकाको मृत्यु



Spread the love

२० असार, पर्सा । पर्सामा सर्पको टोकाइबाट शिक्षिकाको ज्यान गएको छ ।

ज्यान गुमाऊनेमा पर्सागढी नगरपालिका वडा नम्बर १ मनवा बजार निवासी २८ वर्षीया सुनिता तिवारी रहेकी छिन् ।

उनलाई बिहीबार राति घरमा सुतेको बेला सर्पले टोकेपछी तुरुन्त उपचारको लागि नारायणी सर्पको अस्पतालमा भर्ना गरिएको थियो तर त्यहा उपचार नभएपछि थप उपचारको लागि रक्सौलको डंकन अस्पताल लैजाने क्रममा मृत्यु भएको  हो  ।

उनले मनवास्थित माध्यमिक विद्यालयमा अध्ययापन गराउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्