Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमले महिलालाई बनायो आत्मनिर्भर



Spread the love

२० असार, काठमाडौँ l प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भए पश्चात् नवलपुर, कावासोतीका महिलाहरू बढी उत्साहित भएका छन् । आर्थिक आय स्रोत नहुँदा दिनभर फुर्सद भएका महिलालाई रोजगार कार्यक्रमले आत्मनिर्भर बनाउन थालेको छ ।

कुनै काम नहुँदा समय फ्याल्नै गाह्रो भएको बताउने महिलाहरूले रोजगार कार्यक्रम सुरु भएपछि विभिन्न काममा खटिन थालेका छन् ।

आर्थिक रूपमा श्रीमानको भर पर्नुपर्ने बाध्यताका महिलाहरू गाउँघरमै रोजगार पाउँदा उत्साहित भएर सो कार्यक्रममा उपस्थित भएको स्थानीय देवी पौडेलले बताइन् l उक्त कार्यक्रममा पुरुषको तुलनामा महिलाहरू बढी उपस्थित भएका छन् l

अधिकांश युवा जनशक्ति रोजगारी पाउनका लागि विदेश पलायन भएकाले रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य देखिएको हो ।

नगरपालिकामा २ हजार ९९ सय जनाले रोजगारका लागि दिएको निवेदनमा ६३ प्रतिशत महिला रहेका कावासोतीका रोजगार संयोजक मुकुन्द सापकोटाले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले एकतर्फी बेरोजगारहरूले छोटो समयकै लागि भएता पनि काम पाएका छन् भने अर्को तर्फी स्थानीय स्तरका समस्या समाधानमा पनि सघाउ पुगेको छ । छोटो समयको लागि खुलेको रोजगारीलाई दीर्घकालीन बनाउनुपर्ने माग उनीहरूको रहेको छ l

प्रतिक्रिया दिनुहोस्