२० असार, विदुर । नुवाकोटको ताँदी गाउँपालिका सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ताँदी गाउँपालिका–२ का १७ वर्षीय विनोद लामा तामाङ र सोही स्थानका १७ वर्षीय देवकृष्ण तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक थापाका अनुसार उनीहरु बजारबाट घर फर्कंदा खोला तर्नेक्रममा बेपत्ता भएका थिए ।
बेपत्ता उनीहरुको ताँदी खेला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्