Logo

आफ्नै बुवाले गरे रकम पाउने आशमा छोरीको हत्या



Spread the love

२० असार, रौतहटमा । रौतहट मौलापुर नगरपालिका–६ पथराबुधराममा आफ्नै बुवाले एक बालिकाको हत्या गरेका छन् ।

रामकिशोर यादवले आफ्नै ४ वर्षीय छोरी लक्ष्मी राय यादवको २५ लाखको बिमा गरेका थिए । उनले बिमा कम्पनीबाट दोब्बर रकम पाउने आशमा गत १७ गते छोरीको हत्या गरेर नजिकैको पोखरीमा फालेका थिए ।

उनले घरबाट छोरी हराएको भन्दै खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए । भने प्रहरी नायव उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा छोरीको हत्यामा रामकिशोरकै संलग्नता रहेको पाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्