Logo

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प



Spread the love

 

२० असार, काठमाडौँ ।
दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन् । मानिसहरूमा भूकम्पका त्रास कायमै छ।

उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो ।

अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन् ।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्