२० असार, काठमाडाैँ – इटालीका पुर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन इटालियन क्लब जुभेन्टस फर्किएका छन् ।
गत सिजन क्लब छाडेका लिजेण्ड बुफोन एक सिजन पछि नै क्लब फर्किएका हुन् । बुफोन गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका थिए ।
पीएसजीमा एक सिजन बिताएपछि बुफोन पुरानै क्लब जुभेन्टस फर्किएका हुन् । बुफोनले जुभेन्टससँग एक वर्षे सम्झौता गरेका छन् ।
बुफोनले यसअघि जुभेन्टसमा १७ बर्ष बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस्