२० असार, काठमाडाैँ – नेदरल्याण्डका तथा जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले व्यवसायीक खेल जीवनबाट सन्यास घोषणा लिएका छन् छन् । जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रोबिनले बिहिबार खेल जीवनबाट सन्यासको घोषणा गर्दै बिदा भएका हुन् ।
चेल्सी र रियल मड्रिडबाट समेत फुटबल खेलेका रोबिनले १९ बर्षे खेल जीवनको यात्रा बिहीबार बिसाएका हुन् ।
‘व्यवसायिक फुटबल खेलाडी जीवन अन्त्य गर्ने निर्णय गर्नु मेरो निकै कठिन निर्णय रहेको बताउँदै रोबिनले बिदाइका हात हल्लाउन बाध्य रहेको समेत बताए ।
रोबिनले आफ्नो क्लब करियरमा ६ सय ६ खेल खेल्दै २ सय १० गोल गरेका थिए । रोबिनले सन् २०१७ बाट अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्