Logo

विलियम हिलले कर्मचारी कटौती गर्ने, ५ सय कर्मचारीको रोजगार गुम्ने



Spread the love

१९ असार, लन्डन – बेलायतको एक बाजी खेलाउने कम्पनी विलियम हिलले सात सयभन्दा बढी पसल बन्द गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीको उक्त निर्णयका कारण करिब चार हजार ५०० कर्मचारीको रोजगारी गुम्नेछ ।

बेलायत सरकारले ल्याएको नयाँ नीतिका कारण कम्पनीको आम्दानीमा व्यापक कमी आउने भएपछि कम्पनीले यस्तो निर्णय गर्नुपरेको विलियम हिलले जनाएको छ ।

बेलायत सरकारले बाजी खेलमा रुचि राख्नेहरुले यसअघि हरेक २० सेकेन्डमा १०० पाउन्ड स्टर्लिङसम्म बाजी राख्न पाउनेमा त्यसलाई घटाएर २ पाउन्डमा सीमित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्