Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत लोपोन्मुख राउटे समुदायले पाए काम



Spread the love

 

१९ असार, दैलेख l प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत लोपोन्मुख मानिएका राउटे समुदायका ५२ जना सदस्यहरूले रोजगारी पाएका छन् ।

कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आइरहेका लोपोन्मुख राउटे समुदायलाई पनि रोजगारी दिएर आर्थिक रूपमा सबल बनाउन वृक्षारोपण गर्ने कार्य सुम्पिएको गुराँस गाउँपालिकाले बताएको छ ।

रोजगार पाएका राउटेहरू वृक्षारोपणमा निकै हर्षित भएका छन् l वनमै बस्ने र रुखहरू काटेर त्यसैका वस्तु बनाउने राउटेलाई सो काममा लगाउँदा उनीहरूमा रुख काट्नु हुँदैन भन्ने भावना जगाउने अपेक्षा गरिएको छ ।

यस्तै गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई बाख्रा पनि वितरण गरेको छ । उक्त गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एक/एक वटा बाख्रा वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्