१९ असार, काठमाडौँ l एनसेल कम्पनीले ‘एनसेल फर बिजनेश’ सेवा सुरु गरेको छ । एनसेलले यो सेवा मार्फत् व्यवसायलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्ने विश्वास लिएको छ ।
यस सेवा अन्तर्गत इन्टरप्राइज ग्राहकहरूले एनसेलका पछिल्ला र नयाँ सेवा तथा सुविधाहरू लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । फोरजी सेवा व्यापक रूपमा विस्तार गरे पश्चात् एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरूलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ ।
यसमा इन्टरनेशनल प्राइभेट लिज्ड सर्भिस (आईपीएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डीएलसी) भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग र इन्टरनेट भर्चुअल प्राइभेट नेटवर्क (इभीपीएन) जस्ता सेवाहरू उपलब्ध छन् ।
आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाइफाइ, भिडियो कन्फ्रेन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आईओटी सेवा अन्तर्गत एनसेलले भेहिकल ट्राकिङ्ग सिस्टम (भीटीएस) ल्याएको छ ।
यसले गाडीको काम प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सजिलो बनाउँदछ । यस सेवाले सवारीचालहरुको सवारी चलाउँदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक निर्माण गर्न र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्याउनेछ ।
यसै गरी मोबिलिटी योजना अन्तर्गत कम्पनीले व्यवसायहरूलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरूको सेवा र अरू धेरै सेवाहरू उपलब्ध गराउनेछ ।
एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरूले एनसेलको विश्वसनीय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखी इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेको थियो । चोङ्गले कसरी डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रूपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरूको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नवीन सेवा तथा व्यवसायहरूलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रस्ट पारे ।
उनले भने, ‘हामी ठुला साना सबै व्यवसायहरूलाई उहाँहरूको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरू मार्फत व्यवसायहरूका लक्ष्य र महत्वकांक्षाहरु हासिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा इन्टरप्राइज ग्राहकहरूसँग साझेदारी गर्छाैं ।’