Logo

पूर्व प्रधानमन्त्रीको ९६ औँ जन्मजयन्तीको अवसरमा मृगौला पीडितलाई सहयोग



Spread the love

१८ असार, काठमाडौँ l नेपाली काँग्रेसको पूर्व सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीको अवसरमा मृगौला पीडितलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

उक्त राहत रकम जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारत पुष्पबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । २ वटै मृगौला फेल भई उपचारत सङ्खुवासभा धर्मदेवी नगरपालिका निवासी खत्रीलाई ५१ हजार रुपैयाँ रकम सहयोग गरिएको हो l

धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति करुणा कटवालको समन्वयमा संकलित सो रकम नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा काफ्ले सहित नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, रुपा शर्मा लगायतका विद्यार्थी नेताले फरक ढङ्गले पूर्व सभापति तथा प्रधानमन्त्रीको जन्मदिन मनाउने परम्परा सुरु गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्