१७ असार, दार्चुला l दार्चुला जिल्लाको सदरमुकाम खलंगामा १५ वर्षीय किशोरी स्वयंकै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
उनको शव महाकाली नगरपालिका ४ खलंगाको तिंकर खेडामा घरमै झुण्डिएको अवस्थामा भेटिएको हो । व्यास गाउँपालिका १ का किशोरी विधि तिंकरी घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराका अनुसार गत साँझ कोठामै झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्याकै घटना हुन सक्ने बताए l उक्त किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिए l
प्रतिक्रिया दिनुहोस्