१७ असार, काठमाडौँ l काठमाडौँस्थित सिनामंगलमा माइक्रो एकआपसमा ठोक्किँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर छ l
आज बिहान गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको काठमाडौँ प्रहरी परिसर, टेकुका डिएसपी होविन्द्र बोगटी जानकारी दिए l
उक्त घटनामा गम्भीर अवस्था हुनेमा नेपाली सेनाका अमल्दार भरत खत्री र माइक्रो चालक हिमाल काफ्ले रहेका छन् l दुवै घाइतेको उपचार नेपाल मेडिकल कलेजमा भइरहेको डिएसपी बोगटीले बताए l
प्रतिक्रिया दिनुहोस्