१६ असार, संखुवासभा l नेपाल प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ l
उक्त गोली हानाहान सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले पुष्टि गरे l
सिलिचोङको होयाङ्मा प्रहरी र विप्लव कार्यकर्ताको जम्काभेट भएका कारण गोली हानाहान भएको हो l गोली हानाहान भए पश्चात् विप्लव कार्यकर्ता भागेको डिएसपी लामाले बताए l
सिलिचोङ गाउँपाकिलाको–१का वडाअध्यक्ष अलक्ष राईले करिब दुई मिनेट गोली चलेको जानकारी दिँदै बिहानको साढे १० बजेतिर गोली पड्किएको आवाज सुनेको बताएका छन् l
प्रतिक्रिया दिनुहोस्