१६ असार, काठमाडौँ l काठमाडौँ उपत्यकाको फोहोर आजदेखि उठाउन थालिएको छ ।
गत रात सिसडोलका नागरिक, महानगरपालिका र जनप्रतिनिधिबीच स्थानीयको माग सम्बोधन गर्ने विषयमा सहमति भएसँगै महानगरपालिकाले आजदेखि बजारका फोहोर उठाउन थालेको हो ।
उक्त सहमति बमोजिम १७ सदस्यीय फोहोरमैला व्यवस्थापन समिति गठन गरिएको छ । समितिले १५ दिन भित्र सुझाव पेस गर्ने सहमति भएसँगै फोहोर उठ्न थालेको काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
सिसडोलका नागरिकहरूले ले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै आन्दोलन गरेका थिए । यसअघि पनि आन्दोलनका क्रममा सोहिका नागरिक र प्रहरीबीच झडपसमेत भएको थियो ।
झगडा गर्ने क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका थिए । काठमाडौँ उपत्यकामा दिनहुँ साढे ५ सय टन फोहोर महानगरपालिकाले उठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्