Logo

प्रहरीको गोली प्रहारबाट १ युवकको मृत्यु



Spread the love

१५ असार, सर्लाही । सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो रहेका छन । सर्लाही र महोत्तरीको सीमाना बाँकेमा बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीय र प्रहरी बीच दोहोरो झडपका क्रममा गोलि लागेर उनको मृत्यु भएको हो ।

शनिबार ईश्वरपुर-१३ को एउटा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको थियो। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको थियो। तर नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको निर्देशनमा फायर गरेको र सोहि क्रममा एकको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले जानकरी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्