काठमाडौँ l प्रकाश सपूतको ‘गलबन्दी च्यातियो’ बोलको गीतले जातीय रूप लिएको छ ।
संसद्मा सो गीतलाई लिएर दलित समुदायमाथि मानमर्दन गर्ने गतिविधि भएको भन्दै सांसदहरूले आवाज उठाएका छन् ।
उक्त गीतको सङ्गीत मिलेको नाममा सङ्गीतकार प्रकाश सपूतको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । जसलाई लिएर घटनाले जातीय रूप पनि लिन थालेको छ ।
सत्तारुढ र विपक्षीका दलित सांसदहरूले समस्त दलित समुदायको अपमान भएको भन्दै दोषीमाथि कारबाहीको माग राखेका छन् l
नेपाली काँग्रेसका सांसद मीन विश्वकर्माले ‘गलबन्दी च्यातियो’ गीतका सङ्गीतकार प्रकाश सपूतको बचाऊ गर्दै लोकभाकाको सर्जक कुनै एक व्यक्ति हुने नभई पुस्तामा हस्तान्तरण हुने बताए ।
प्रतिक्रिया दिनुहोस्