९ असार, रियाद ।
साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले आक्रमण गरेको छ ।
यस आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु भएको छ भने २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् ।
उक्त आक्रमणमा परि घाइतेहुनेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । भने यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्