Logo

प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय नाट्य महोत्सव सम्पन्न



Spread the love

९ असार, काठमाडौँ l नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय नाट्य महोत्सव सम्पन्न भएको छ । असार २ गतेदेखि ८ गतेसम्म सर्वनाम थिएटरमा चलेको महोत्सव गए दिन सम्पन्न भएको हो ।

रामभजन कामतद्वारा निर्देशित मैथिली भाषाको नाटक मिता आब कोना चलब अर्थात् मितज्यू अब कता जाने मंचन गरेर महोत्सव समापन गरियो ।

उक्त समापन समारोहमा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले कम समयमा नै विभिन्न समस्याका बाबजुत धेरै काम गर्न सकेको बताएका छन् ।

सो महोत्सवमा मन्चित भएका सबै नाटक उत्कृष्ट भएको बताउँदै श्रेष्ठले नाटकको विकास र बिस्तारका लागि के गर्न सकिन्छ त्यसका लागि प्रतिष्ठान तयार रहेको बताए ।

वरिष्ठ कवि तथा लोकसाहित्यका ज्ञाता तुलसी दिवसले नाटक मिताको समिक्षात्मक टिप्पणी गरेका छन् । मधेस र पहाडबिचको अन्तर, विभेदलाई मुख्य विषय बनाइएको नाटक मिता नीति निर्माता, नेता लगायत प्रत्येक नेपाली नागरिकले हेर्नुपर्ने बताएका छन् ।

उक्त नाटकले भाषा र भौगोलिक क्षेत्रलाई प्रस्तुत गरेको र नेपाली नाटकलाई नयाँ उचाइमा पुर्‍याएको दिवसको भनाई छ l पहाड र तपाईबीच मिलनका लागि पहल गरेता पनि ठोस निर्णय भने नगरेको दिवसले औंल्याए ।

सो नाटकले हिमाल, पहाड र तराई एक आपसमा मिलेर बस्न नाटकले प्रतिकात्मक रूपमा सन्देश दिएको तुलसीले बताएका छन् । उक्त नाटक महोत्सवको संयोजक निशा शर्माले गरेकी हुन् । उनी प्रतिष्ठानकी नाट्य विभाग प्रमुख पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्