९ असार, काठमाडौँ l विश्वका दुई ठुला महाशक्ति राष्ट्र चीन र अमेरिकाको सम्बन्ध व्यापारलाई लिएर बिग्रिएको छ ।
यी देशबीच बढेको यही द्वन्द्व अनेक रूपमा प्रकट भइरहेका छन् । दुई देशबीच तनाव बढिरहेको बेलामा समाधानका प्रयासहरू पनि हुन थालेको छ l यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङ भेटवार्ता गर्दैछन् ।
यही साताको अन्त्यमा जापानको ओसाकामा जी-२० समिट हुँदैछ । सोही क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता तय भएको हो । उक्त भेटवार्तामा जारी द्वन्द्वबारे छलफल हुने र सम्बन्ध सङ्लिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्