Logo

प्रहरीलाई हातपात गर्ने ७ जना भारतीय नागरिक पक्राउ



Spread the love

९ असार, पर्सा । प्रहरीले मदिरा सेवन गरेर प्रहरीलाई हातपात गर्ने ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मैनाटाड थाना वडा नम्बर १ बस्ने सनि कुमार पटेल, सत्यम साह, धनन्जय कानु, बिरिन्ची सिंह, अलोक सिंह, सन्दिप कुमार पटेल र सन्जित कुमार पटेल रहेका छन् ।

प्रहरी सहायक निरीक्षक पवन झा नेतृत्वको प्रहरी टोलीले सातैजनाले मदिरा सेवन गरि चढेको मोटराइकल रोकी चेकजाँच गर्नेक्रममा उनीहरुले प्रहरीमाथि नै हमला गरेका हुन् ।

पक्राउ परेका सातै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्