९ असार, बाडमेर । भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा ‘पण्डाल’ भत्किँदा १४ जनाको मृत्यु भएको छ । भने ५० जना घाइते भएका छन्।
जसोल गाउँमा रामकथा चलिरहेको बेला त्यसै बेला एक्कासि पण्डाल खसेको थियो । हावासहित परेको वर्षाका गति तीव्र भएकाले त्यहाँ ‘धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना त्रिपाल भत्किएर उक्त घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
घटनामा घाइतेहरुको उपचारको लागि नाहटा अस्पतालमा भर्ना गरिएको छ । भने उक्त घटना प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्