Logo

इन्डोनेसियामा शक्तिशाली भूकम्प



Spread the love

९ असार, काठमाडौँ ।
इन्डोनेसियाको तानिम्बार टापुमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा भूकम्पको केन्द्रविन्दु रहेर ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भने उक्त भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ ।

इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्