Logo

इराक र फ्रान्सका विदेशमन्त्रीबीच कुराकानी



Spread the love

८ असार, बग्दाद ।

इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ ।

अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।

इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनिहरुबीच शनिबार कुराकानी भएको उल्लेख छ ।

फ्रान्सका विदेश मन्त्री ड्रियनले हकिमलाई फोन गरेको हो । उनीहरुले आपसी सम्बन्ध बाहेक पछिल्लो विविध अवस्थाका बारेमा छलफल गरेको वक्तव्यमा उल्लेख छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्