संसारमा धरै किसिमका व्यक्तिहरू हुन्छन् l र हामीले पनि धरै व्यक्तिहरू देख्ने गर्दछौँ तर जति धरै व्यक्ति भएता वा देखेता पनि हाम्रो दिमागले १/२ जनलाई मात्र याद गर्ने गर्दछ l मानिसहरूको अनुहार त अनगिन्ती हुन्छ तर आत्मा भने ७ प्रकारका मात्रै हुने गर्दछ l
थाहा पाउनुहोस् आत्माका प्रकारहरू :
राजा
जुन व्यक्तिको छाती चौडा र अनुहार अपेक्षाकृत ठुलो यस्ता व्यक्ति आफ्ना लागि सम्मानको अपेक्षा राख्छन्, तर आफ्नो अगाडी भएको व्यक्तिलाई आदेश मात्रै दिने गर्दछ ।
पुजारी
कुनै व्यक्तिको अनुहारको आकार बदाम जस्तो छ भने यस्ता व्यक्तिहरूले आफ्नो कुरा सजिलै मनाउनका साथै यस्ता व्यक्ति सँग रहँदा सबै कुरा सहज नै भएको महसुस पनि हुने गर्दछ l
सेवक
यस्ता व्यक्ति जसको सिर गोलो हुन्छ र आँखा छोटो हुन्छ l त्यस्ता व्यक्ति मानवताप्रति आफ्नो पूरा जीवन समर्पित गर्नका साथै अरूको सेवामा नै सुख प्राप्त गर्दछन् l
शिल्पकार
शिल्पकार आत्मा भएका व्यक्तिको अनुहारको आकार कप तथा हृदय जस्तो हुन्छ । त्यस्ता व्यक्तिको आँखामा खास प्रकारको सपना हुन्छ । जहिले आफ्नो सपना पुरा गर्नका लागि अग्रसर हुने गर्दछ l
योद्धा
यस्तो आत्मा भएका व्यक्तिको त्वचा धेरै कडा खालको हुन्छ । यस्ता व्यक्तिको बानी व्यहोरा धेरै कठोर हुनका साथै निडर स्वभावको पनि रहन्छ l
विद्वान
यस्तो व्यक्ति जसको अनुहारमा कुनै पनि प्रकारको भाव हुँदैन, त्यस्ता व्यक्तिको भित्र एक विद्वान आत्मा हुन्छ । जसले गर्दा आन्तरिक रूपमा धेरै जिज्ञासु, ज्ञानी तथा तार्किक हुने गर्दछ ।
सन्त
यस्ता व्यक्तिका आँखामा छुट्टै प्रकारको चमक हुन्छ, जसले जोसुकैलाई पनि आकर्षित गर्न सक्छ । अन्य व्यक्ति यस्ता व्यक्तिको सम्पर्कमा आउँछन्, उनीहरूलाई सकारात्मक ऊर्जा प्राप्त हुनका साथै खुसी पनि मिल्ने गर्दछ ।