Logo

६ महीनादेखी मेयर र उपमेयरको बोलचाल बन्द, मेयरको कक्षमा ताला लगाउने उपमेयरको चेतावनी



Spread the love

१८ जेठ, काठमाडौं ।
इलाम नगरपालिकामा एउटै राजनैतिक दल तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका मेयर र उपमेयर बीच चर्को बिबाद छ । मेयर महेश बस्नेत र उपमेयर सुशिला नेम्वाङ बीच करिब ६ महिना देखि नै बोलचाल बन्द छ । इलामनगरपालिकामा गएर उपमेयर आफ्नो कुर्सिमा नबसेको सात महिना बितेको छ ।

जनताको काम गर्न भनेर यसरी निर्वाचित भएका यहाँका मेयर र उपमेयर बीच नै बोलचाल बन्द भएपछि नगरबासिमै नैरश्यता छाएको छ । उपमेयर नेम्बाङले नगरप्रमुख महेश बस्नेतले आफ्नो क्षेत्राधिकार हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ । मेयरले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै कार्यपालिका वैठक बहिस्कार गरि मौन आन्दोलन गर्दै आएको बताउनुभयो ।

स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समिति उपप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था भएकोमा नगरप्रमुख बस्नेतले इलाम नगरपालिका, इलामको योजना तथा बजेट तर्जुमा नियमावली, २०७४ निर्माण गर्दा उपमेयरमा निहित उक्त अधिकार आफूमा लिएको बताउनुभयो ।

उपप्रमुखको अधिकार आफूले लिएर तानाशाहि प्रबृत्ति अपनाएको नेम्वाङ्गको भनाई छ । अब पनि उपमेयरको अधिकार प्रयोग गर्ने बाटो खुल्ला नगरे नगरकार्यपालिकाको बैठक बहिस्कार गरी ध्यानाकर्षण गराउने र त्यसबाट समेत सुनुवाई नभए नगरप्रमुख बस्नेतको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिनुभएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्