१७ जेठ, दार्चुला l दार्चुलामा एक सुरक्षाकर्मीमाथि वन्यजन्तु चोरी शिकारी मुद्दा दायर भएको छ । उक्त मुद्दा सुदूरपश्चिम प्रहरी गण–३ गुल्ममा कार्यरत व्याँस गाउँपालिका–२ का निवासी सिकेन्द्रसिँह धामी माथि विरुद्ध मुद्दा दायर भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लक्ष्मणदत्त भट्टका अनुसार धामीको साथबाट वन्यजन्तु झारलको सुकुटी मासु २ किलो ६ सय ५० ग्राम सहित पक्राउ गरेको हो ।
प्रहरी जवान धामीबाट पक्राउ गरिएको सुकुटी मासु वन्यजन्तु झारलको भएको पुष्टि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गरे पश्चात् डिभिजन वन कार्यालय दार्चुलाले जिल्ला अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी रणेन्द्र सिंहले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्