Logo

प्रहरीद्वारा एक भारतीय नागरिक पक्राउ



Spread the love

१७ जेठ, वुटबल l महानगरीय प्रहरीले अवैध कल बाइपास गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास ९भीओआईपी०मा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका तर हालै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थितमा बसोवास गर्ने २६ वर्षीय खुर्सेद अन्सारी रहेका छन् l

प्रहरीले विशेष सूचना प्राप्त गरे पश्चात सोहि सूचनाका आधारमा खुर्सेदको कोठाको खोजतलाश गर्ने क्रममा अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण बरामद गर्नका साथै २ थान ल्यापटप, ३२ थान एरिएल, १ थान राउटर, २ थान डिभाइस, १ थान युपीएस, २ थान चार्जर तथा १३ ओटा सिम फिट गरिएको सिम पोर्ट १ थानलगायत सामग्री बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्