Logo

दक्षिणी सुडानमा जातीय हिंसा, २२ जनाको मृत्यु



Spread the love

१७ जेठ, जुबा ।
जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

सुडानका सूचनामन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारीअनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक स्थानका युवाहरू हुन्।

प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरु झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए। “मङ्गलबार विहान सुरु भएको झडप राति अवेरसम्म चलेको थियो,” उनले भने।

दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन्। उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्यो भन्दा धेरै घाइते भएका छन्। त्यसैगरी अरु धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्