Logo

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली



Spread the love

१७ जेठ, काठमाडौ।
आफुमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

बालक हराएको सुचना पाएको प्रहरीले बैशाख २४ गते उनको शव घर नजिकै फेला पारेको थियो । घटनाको अनुसन्धान गर्दै जादा छिमेकी महतोले समिरकुमारको हत्या गरेको पाइयो २ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि पालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्