Logo

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल टोलीको विदाई



Spread the love

 

१७ जेठ, काठमाडौं – दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार नेपाली टोलीको विदाई गरेको हो ।

नेपालले यहिँ जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ । विराज महर्जनको कप्तानीमा रहेको २३ सदसीय नेपाली टोली आजै बेलुका मलेसिया प्रस्थान गर्नेछन् ।

नेपाली टोली मुख्य दुई स्ट्राइकरबिना मैदान उत्रनेछन् । मुख्य प्रशिक्षक योहान कालिनले दुई खेलका लागि दुई फरवार्ड विमल घर्ती मगर र भरत खवासलाई टिममा राखेका छैनन् । फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको हो । यस्तै भरत चोटका कारण टिमबाहिर परेका हुन् ।

नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए।

प्रतिक्रिया दिनुहोस्