Logo

किरणद्वारा टिसी स्पोर्ट्ससँगको सम्झाैता रद्द



Spread the love

१७ जेठ, काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनकाे क्लब टिसी स्पोर्ट्ससंग सम्झाैता रद्द गरेका छन् ।

राष्ट्रिय टोलीबाट खेल्ने बिषयमा क्लबसंग असमझदारी देखिएपछि उनले टिसी स्पाेर्ट्ससंगकाे सम्झाैता रद्द गर्ने निर्णयमा पुगेका हुन् ।

नेपाली फुटबल टिमका पहिलो रोजाईका गोलकिपर किरणले लगातार दाेस्राे सिजन क्लबसंग नयाँ सम्झाैता गरेका थिए ।

तर, राष्ट्रिय फुटबल टिमले खेल्ने दुइ मैत्रिपुर्ण म्याच खेल्न क्लबले नदिएने भएपछि उनी सम्झाैता रद्द गर्ने निर्णयमा पुगेका हुन् ।

नेपालले यसै साता दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले यहिँ जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ । र, किरण साे टोलीमा महत्वपुर्ण सदस्यका रुपमा रहेका छन् ।

गत सिजन टिसीले उपाधि जित्दा किरणले उच्च प्रदर्शन गरेका थिए । किरण सिजनको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्