Logo

बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, बिस जना घाइते



Spread the love

 

 

१६ जेठ, नवलपरासी l नवलपरासीमा बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २० जना घाइते भएको छ l

मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँकी ७० वर्षीया जमुना रहेकी छन् भने अर्की महिलाको अझै सम्म सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५२९५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । उक्त घटनामा घाइते हुने यात्रुहरूको उपचार भइरहेको प्रहरीले बताएको छ l

प्रतिक्रिया दिनुहोस्