अफगानिस्तानको राजधानीमा आत्मघाती बम हमला हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
प्रहरी तथा सुरक्षा अधिकारीका अनुसार अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अधिकृतहरुलाई पढाइने अध्ययन केन्द्रको गेटमै हमला भएको हो ।
नयाँ अधिकृतहरु तालिम सकेर निस्किसकेको समय भएकाले ठूलो मानीय क्षति हुन नपाएको र उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले नलिएको अधिकारीहरुले बताइएको छ।
प्रतिक्रिया दिनुहोस्