सबै मानिसहरूलाई आफू स्वस्थ र सफा रहुन् भन्ने चाहना हुन्छ l जसका लागी मानिसहरूले आफ्नो विभिन्न अङ्गहरूको सरसफाई गरीरहन्छन l तर के तपाइहरूलाई थाहा छ ? हामीले शरीरको केही यस्ता अङ्गहरूलाई छुनु हुँदैन जसलाई छुँदा शरीरभित्र व्याक्टेरिया छिर्नका साथै बिरामी हुने गर्दछौँ l
यी हुन् ती अङ्गहरू जसलाई छुनु हुँदैन :
नाभी
हामीले हाम्रो नाभी हेर्दा सफा देखेता पनि त्यसमा हजार व्याक्टेरिया हुन्छ जसलाई छुँदा हामी बिरामी हुने गर्दछौँ l
नाक
यदि तपाइको नाक कोट्याउने बानी छ भने त्यस बानीलाई त्याग्नुहोस् l किनकि नाक भित्र पनि व्याक्टेरिया हुन्छ जसलाई छुँदा रोग लाग्न सक्दछ l
कान
हामीलाई कान चिलाउने बित्तिकै कान कोट्याउने गर्दछौँ तर कान कोट्याउनु हुँदैन किनकि कान भित्र पनि व्याक्टेरिया रहेको हुन्छ जसको कारणले हामीलाई सङ्क्रमण गर्दछ l
काखी
हामीले झुक्किएर पनि पसिना आएको बेला काखी छुनु हुँदैन l काखीमा पनि विभिन्न प्रकारका व्याक्टेरिया हुन्छ जसले गर्दा रोग फैलने गर्दछ l
मुख
हाम्रो मुख भित्र बढी व्याक्टेरियाको मात्रा पाइन्छ l उक्त कारण बारम्बार मुखमा हात हाल्नु समस्या निम्त्याउनु हो l