Logo

प्रधानमन्त्री कप क्रिकेट: पुरूषको दोश्रो जित



Spread the love

१६ जेठ,  विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ  ।

बुधबार भएको खेलमा प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो  ।

मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको १८६ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले ३८ ओभर ३ बलमा अलआउट हुँदै ११० रन मात्र बनाउन सक्यो ।

प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए । यस्तै मनिस थापाले १५ रन जोड्दा कप्तान पुष्प थापाले १० रन बनाए।

पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३ ओभर १ बलमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्