Logo

प्रहरीकै मोटरसाइकल एकापसमा ठोक्किएपछि ….



Spread the love

 

 

१५ जेठ, दाङ l प्रहरी चढेको दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किन पुग्दा चार जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ l  मोटरसाइकल दंगीशरण गाउँपालिका वडा नं ६ श्रीगाउँमा एक आपसमा ठोक्किएको हो l

दाङको तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको प्रहरी हवलदार कर्णबहादुर ओलीको सवार भे ९ प २२४६ नम्बरको मोटरसाइकल र पश्चिम दाङबाट तुलसीपुर आउँदै गरेको प्रहरी हवलदार दिपेन्द्र बस्नेतको सवार रा २ प २५७४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

सोही घटनामा पर्ने रुकुम सानीभेरी गाउँपालिका ८ गरायला निवासी ओली र उनका छोरा एलन ओली गम्भीर घाइते भएका छन् भने ओलीका भाइ दंगीशरण गाउँपालिका ४ मौलीशहर निवासी २ कर्ण देव ओलीको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताएको छ l

उक्त ओली तुलसीपुर बसपार्कमा शान्ति सुरक्षाका लागी खटिने गरेका छन् । अर्को मोटरसाइकलमा सवार बझाङ घर भएका प्रहरी हवलदार दीपेन्द्र बस्नेतको अवस्था सामान्य रहेको छ।

सोही बस्नेत इलाका प्रहरी कायर्यालय खिलतपुरमा कार्यरत रहेका छन् l  घटनामा पर्ने घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्