के तपाईँलाई कार्यालयमा सबैको प्रिय हुन् मन लागेको छ र सबैले मन पराउन भन्ने चाहनुहुन्छ l यदि त्यसो चाहनुहुन्छ, भने अपनाउनुहोस् यी उपाय र बन्नुहोस् सबैको प्रिय व्यक्ति l
यी हुन् उपाय जसले गर्दा प्रिय व्यक्ति बन्न सकिनेछ :
नरम बोली
यदि तपाईँलाई कार्यालयमा कसैले गाली गर्छ वा तपाईँ सँग रिसाएर बोल्दछ भने त्यस्ता व्यक्ति सँग राम्रो र नरम बोलीमा बोल्ने बानी बसल्नुहोस l जसले गर्दा तपाईँलाई अरूको प्यारो बन्न मदत गर्दछ l
सीमित वार्तालाप
कार्यालयमा तपाइको कसै सँग धरै बोल्ने बानी छ भने त्यस्तो बानीलाई हटाउनुहोस् l जसले गर्दा तपाईँलाई सीमित वार्तालाप गर्ने बानी बस्दछ र आफ्नो काम प्रति ध्यान जानेछ l
ज्ञान बढाउनुहोस्
यदि तपाईँलाई कार्यालयमा केही नजानेको वा नसुनेको कुरा देखेमा वा सुनेमा आफ्नो मित्रलाई सोध्नुहोस् l जसबाट मित्रता कायम हुनका साथै ज्ञानको पनि बृदि हुनेछ l
सकारात्मक सोच
मानिसले सकारात्मक सोचेमा ऊर्जा मिल्नका साथै अघि बढ्ने प्रेरणा पनि मिल्दछ । जसबाट तपाईँले आफ्नो समस्याको सजिलै सँग सावधान गर्न सक्नु हुनेछ l उक्त कारण हामीमा सकारात्मक सोच हुन् आवश्यक पर्दछ l