सबै जना मानिसहरूको चाहना हुन्छ कि आफ्नो घर अरूको भन्दा सुन्दर होस् र आकर्षक देखियोस् l जसका लागी मानिसहरूले विभिन्न प्रकारका तस्बिरहरू खरिद गर्ने गर्छन् जसले गर्दा आफ्नो शोभा बढेर जान्छन् l तर के सबै तस्बिरले घरको शोभा बढाउला ? शास्त्रको अनुसार बजारमा भेटिने वा देखिने सबै आकर्षक तस्बिर घर सुन्दर बनाउन हुँदैन । जसमा यस्ता केही तस्बिर हुन्छन् जसले घरमा अशुभ गराई नकारात्मक असर फैलाउँदछ l
जानी राख्नुहोस् यस्ता तस्बिरको बारेमा जसले नकारात्मक असर फैलाउँदछ :
- यदि कुनै व्यक्तिको घरमा महाभारत युद्धको दृश्य कैद भएको तस्बिर भएमा त्यस्ता तस्बिरले नकारात्मक असर पुर्याइरहेको हुन्छ l जसले गर्दा मानिस आक्रामक वा रिसालु हुने गर्दछ l उक्त कारण यस्ता तस्बिर आफ्नो घरमा राख्नु उचित हुँदैन l
- घरमा सुन्दर बनाउने क्रममा मानिसले डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर सजाएमा यसले मानिसमा गहिरो असर पर्छ । जसले गर्दा भाग्यमा पनि बाधा पुग्न सक्दछ ।
- शास्त्रको अनुसार यदि कुनै मानिसले पानी बगिरहेको, छागा (छहरा) लहराइरहेको तस्बिर घरमा सजाउँदछ भने त्यस्ता व्यक्तिले कहिले पनि रुपैयाँको बचत गर्न सक्दैन् र विना कारण खर्च भइरहने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्