१५ जेठ, काठमाडौं।
न्यायपरिषदले मंगलबार उच्च अदालतमा कार्यरत दुई न्यायाधीशलाई मुख्य न्यायाधीश सिफारिस गरेको छ। परिषदले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत कुमारप्रसाद पोखरेललाइर्ए उच्च अदालत दिपायल र उच्च अदालत पाटनका न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्ययाधीश सिफारिस गरेको हो ।
कुमार विभिन्न आदेश र फैसलाका क्रममा विवादमा परेका न्यायाधीश हुन्। उनीमाथि गत महिना सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले जाँचबुझ गरी प्रतिवेदन दिएका थिए।
प्रतिवेदन सार्वजनिक नै नगरी उनको बढुवा गरिएको हो। स्रोतले भन्यो, ‘सत्तापक्षका एक उच्च पदस्थ अधिकारी र न्यायाधीश पोखरेलका परिवारका सहपाठी हुनुहुँदो रहेछ। त्यही सम्बन्ध बढुवाका लागि सहज भयो। पाँच वर्षअघि नै न्यायाधीश कुमारप्रसाद पोखरेल सम्मिलित इजलासले एक विवादित फैसला गरेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।