Logo

वैशाखमा मात्रै मुलुकभर १८८ महिला हिंसाका घटना



Spread the love

 

 

१४ जेठ काठमाडौँ

महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका थिए ।

ओरेकले तयार पारेको प्रतिवेदनमा वैशाखमा १०९ घरेलु हिंसा, ४० यौन हिंसा र २४ सामाजिक हिंसाका घटना भएको जनाइएको हो । त्यस्तै ११ हत्याका घटनाका साथै दुई प्रतिशत अन्य प्रकारका घटना भएका थिए ।

विवरणअनुसार सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु हिंसामा परेका थिए । त्यसपछि १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाका घटना थिए । हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्षका रहेको ओरेकले जनाएको छ ।

महिलाहरु सबैभन्दा बढी घरभित्र र चिनजानेका बाटै असुरक्षित हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानैले जानकारी दिइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्