Logo

चीनमा एक नेपालीको शंकास्पद मृत्यु, छानबिन गर्न परिवारको माग



Spread the love

१४ जेठ, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र चीनको देन्दाङमा करेन्ट लागेर नेपालीको मृत्यु भएको छ।
संखुवासभाको मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बुको आइतबार मृत्यु भएको संखुवासभाका डीएसपी मीमबहादुर लामाले जानकारी दिए। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

चीन सरकारले निर्माण गरेको नयाँ निकुञ्जको भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचार गर्न नेपाल ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

परिवारले भने उनको मृत्यु रहस्यमय भएको बताएका छन्। ‘भाइको करेन्ट लागेर मृत्यु भएको भनिएको छ, तर जिउमा निलडाम भएकाले शंका लागेको छ,’ मृतकका दाजु खुसीराम खम्बुले भने, ‘घटनाको निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्