Logo

नेकपाका नेताद्दारा अदालतमै कुटिए वकिल



Spread the love

१४ जेठ, काठमाडौं । पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन्। सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट – ८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए।

डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्यक्ष हुन्। जिल्ला बार एसोसिएसनका उपाध्यक्ष गणेश अधिकारीले एक विज्ञप्ति निकालेर अधिवक्ता डुम्रेमाथि हातपात गरेर दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। हातपात गर्ने ढुंगाना नेकपाका स्थानीय नेता समेत हुन्। गाडी दुर्घटनासम्बन्धी मुद्दाको साक्षी बस्ने काममा ढुंगाना अदालत आएका थिए।

बार एसोसिएसनले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा ढुंगानाविरुद्ध मुद्दा दायर गर्ने भएको छ। जिल्ला अदालतमै वकिल कुटिएको यो पहिलो घटना आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्