Logo

मिनी ट्रकबाट खसेर एकको मृत्यु



Spread the love

 

१२ जेठ, गोरखा l गोरखामा मिनी ट्रकबाट खसेर एकको मृत्यु भएका छन् ।

मृत्यु हुनेमा बिष्णु श्रेष्ठ रहेका छन् l जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज दयाराम पौडेलका अनुसार आरुघाट गाउँपालिका-९ आरुघाटबजारको विद्युतचोकमा रोकिराखेको बा३ख २५८३ नम्वरको मिनिट्रकबाट सामान लोडअनलोड गर्ने क्रममा लडेर श्रेष्ठको मृत्यु भएको हो l मजदुरी पेशा गर्दै आइरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भए पश्चात गाडी र सोहि चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ l

प्रतिक्रिया दिनुहोस्