भेनेजुएलाको अकारिगुवाको जेलमा प्रहरी र कैदीबीच भिडन्त हुदा २९ कैदीको मृत्यु भएको छ । भने १९ प्रहरी घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार कैदी जेल तोडेर भाग्न चाहन्थे, त्यही बेला दुई गुटबीच भिडन्त शुरु भएको र पुलिसले भिडन्त रोक्न फाइरिङ गरेपछि कैदीहरूले प्रहरी माथि हमला गरेको थियो ।कैदीहरूले पुलिसमाथि तीनवटा ग्रेनेट फ्याँकेको नागरिक रक्षा सचिव आस्कर वलेरोले बताए ।
भेनेजुएलाका जेलमा क्षमताभन्दा बढी कैदी राखिएको र कैदीहरूले आफूलाई अन्य जेलमा सार्न माग गर्दै आएको बताईन्छ ।
प्रतिक्रिया दिनुहोस्