१० जेठ, काठमाडौँ l भारतीय मिनी ट्रक त्रिशूली नदीको किनारमा खस्दा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा भारतीय चालक महमद हसन र सहचालक सहिर अलि रहेका छन् l जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट अनियन्त्रित भई त्रिशूली नदीको किनारमा खसेको हो ।
उक्त मिनी ट्रक सडकबाट करिब ६० मिटर तल खस्दा घाइते भएका चालक र सहचालकलाई उपचारका क्रममा मेडिकल कलेज लागिएको प्रहरीले बताएको छ l
प्रतिक्रिया दिनुहोस्